सिन्धुली । घ्याङ्लेखस्थित एसबीआई बैंक लुटपाटमा संलग्न थप एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्ने त्यहीँका बासिन्दा चतुरमान बैज्यु हुन् । उनी बैंक लुटपाटका मुख्य योजनाकार रहेको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए ।
बैंक रहेको घरका धनी छविलाल स्याङ्ताङ पहिल्यै पक्राउ परेका थिए । चतुरमान घरधनीका जेठान हुन् ।
उनलाई इलाका प्रहरी कार्यालय खुर्कोट र रातमाटा प्रहरी चौकीको संयुक्त चेकिङले नियन्त्रणमा लिएको हो ।
उक्त घटनामा प्रहरीले हालसम्म २ जना स्थानीय, १ चालक गरी ५ जना लुटेरा पक्राउ गरिसकेको छ । थप २ जना फरार छन् ।
नेपाल प्रेस
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij