जनचाहना न्यूज
दमौली ११ माघ
व्यास नगरपालिका वडा नं ५, पतेनीटारमा रहेको श्री उदय माध्यामिक विद्यालयको स्वर्ण महोत्सव, अभिभावक दिवस तथा सहिद सप्ताह–२०८२ शुरु भएको छ । व्यास नगरपालिकाका वडा नं ५, को वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले उद्घाटन गरेको कार्यक्रम माघ १७ गते सम्म चल्नेछ ।
भागवत भास्कर युवा पण्डित कमलनयन गौतमको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमका साथ मनाईने कार्यक्रमको पहिलो दिन व्यास–५, मा रहेको सामुदायिक र संस्थागत विद्यालयका छात्र,छात्रावीच मावि स्तरीय भलिवल प्रतियोगिता गरेर मनाईएको थियो ।
स्वर्णमहोत्सवमा यहि माघ १२ गते मिनी म्याराथन प्रतियोगिता,भलिवल प्रतियोगिता गरिनेछ भने १३ गते स्वर्णमहोत्वको स्तम्भ तथा मंञ्च उद्घाटनका साथै जुरेसद्धारा आयोजित जिल्लास्तरीय मावि हाजिरी जवाफ प्रतियोगिता गरिने विद्यालयका प्रधानाध्यापक राजु ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सप्ताहन्त अन्तरगत माघ १४ गते महिला अभिभावक विच मेच घुमाई र पुरुष अभिभावक विच घैटो फुटाई कार्यक्रम तथा विविध साँस्कृतिक कार्यक्रम गरिनेछ भने पूर्व विद्याथी मंञ्चद्धारा माघ १५ गते विविध कार्यक्रम हुनेछ ।
च्यसैगरि माघ १६ गते अक्षयकोष स्थापना तथा पुरस्कार वितरण कार्यक्रम साथै मंच व्यवस्थापन गरिनेछ भने माघ १७ गते विद्यालयको स्वर्ण महोत्सव उद्घाटन, झाक्री, ¥याली प्रर्दशन, स्वर्ण स्मारिका विमोचन, पिटि प्रर्दशन, सम्मान कार्यक्रम, विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत, विविध साँस्कृतिक कार्यक्रम, साँझ दीपावली गरि समापन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनुप न्यौपानेले बताउनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij