Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

काँङ्ग्रेस नेता मल्लद्वारा होमस्टेलाई सहयोग

  • 491
    SHARES
  • 491 Shares
  • नेपाली काङ्ग्रेसका नेता एवम् तनहुँ क्षेत्र नं २ का क्षेत्रीय सदस्य हिम कुमार मल्ल दिपकले होमस्टेलाइ सहयोग गरेका छन् । तनहुँ स्थित म्याग्दे गाउँपालिका वडा नं ४ गैह्रा गाउँमा भर्खर मात्र सुरुवात भएको सामुदायिक होमस्टेको प्रोत्साहन एवम प्रवर्धन गर्ने  हेतुले रु.२५ हजार मुल्य बराबरको चरेसको थाल र कचौरा सहयोग गरेका हुन् । नेता मल्लले बुधबार होमस्टेका अध्यक्ष जितबहादुर आले लगायतका सञ्चालकहरूलाई उक्त सहयोग गरेका हुन् । सहयोग कार्यक्रममा काँङ्ग्रेस नेताहरू जितराज राना, हुत्तमणी अधिकारी, जुक्तराज वाग्ले, भिमलाल श्रेष्ठ, बम बहादुर थापा लगायतको उपस्थिति रहेको सहयोगी दिपकले बताए । युवा व्यबसायि समेत रहेका मल्लले गरेको सहयोग प्रति होमस्टेका अध्यक्ष जितबहादुर आलेले धन्यवाद प्रकट गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार