Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

ऋषिङ्ग सहिद गंगा माविको नवनिर्मित भवनका लागि त्रिपक्षीय सम्झौता

  • 217
    SHARES
  • 217 Shares
  • जनचाहना न्यूज 
    तनहुँ २० माघ  
    जिल्लाको ऋषिङ्ग गाउँपालिका–२ स्थित सहिद गंगा माध्यमिक विद्यालयको नवनिर्मित भवन निर्माणका लागि त्रिपक्षीय सम्झौता भएको छ । युनाइटेड वल्र्ड स्कूल नेपालका जिल्ला परियोजना प्रमुख सिद्धार्थ योञ्जन,विद्यालयका प्रअ विश्वराज अधिकारी  र गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ बीच सोमबार सम्झौता भएको  हो । 
    परियोजनाको ७० लाख,समुदायको र गाउँपालिकाको रु.बीस लाख गरी नब्बे लाखको लागतमा विद्यालयको ११ कोठाको भूकम्प प्रतिरोधी विद्यालय भवन र आधुनिक समावेशी शौचालय निर्माण गर्ने गरी आधिकारिक रूपमा सम्झौता भएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । 
    उहाँका अनुसार सुरक्षित भौतिक पूर्वाधारमार्फत विद्यार्थीहरूको सिकाइ वातावरण सुधार्ने लक्ष्य राखिएको छ,हाल विद्यालयको भवन जीर्ण अवस्थामा रहेको छ । 
    उहाँले भन्नुभयो “यस परियोजनाले गाउँपालिकाकै शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।” 
    युनाइटेड वल्र्ड स्कूल नेपाल एक गैर नाफामुलक सामाजिक कल्याणकारी संस्था हो । 
    कोशी प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा ९० विद्यालय भवन निर्माण गरेर निर्माण पश्चात पाँच वर्षे शैक्षिक गुणस्तर अभिवृद्धिको कार्यक्रम सञ्चालन गर्ने परियोजनाको मुख्य उद्वेश्य रहेको छ । 
    २०८१ साल मा सिद्धार्थ योञ्जनको नेतृत्वमा तनहुँ जिल्लामा साझेदारी कार्यक्रम थालनी भएर हाल भानु, ऋषिङ, बन्दीपुर र व्यासमा गरी १७ वटा विद्यालयमा गुणस्तर अभिवृद्धिको कार्यक्रम सञ्चालन भइरहेको छ । 
    जिल्लाको भानु नगरपालिका स्थित नारायणी आधारभूत विद्यालयको ११ कोठे भूकम्प प्रतिरोधी भवन, आधुनिक समावेशी शौचालय सहित निर्माण गरेर स्थानीय पालिका लाई हस्तान्तरण गरिसकेको छ । 
    हाल शिक्षा गुणस्तर अभिवृद्धिको कार्यक्रम सञ्चालन भइरहेको युनाइटेड वल्र्ड स्कूल नेपाल जिल्ला परियोजना प्रमुख सिद्धार्थ योञ्जनले   बताउनुभयो । 
    उहाँले भन्नुभयो,“शून्य शिक्षा गरिबीको नीति सहित बालबालिका सुरक्षण र सामाजिक समावेशितामा मुख्य प्राथमिकतामा राखेर आधारभूत साक्षरता तथा गणितीय गुणस्तर विकासमा जोड दिइएको छ । ” 
    शिक्षकलाई पेशागत विकास तालिम, विद्यार्थी÷छात्रा समूह÷आमा समूह र समुदायमा विभिन्न किसिमका सचेतनामुलक र सूचनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको सो संस्थाले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार