चितवन । चितवनमा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-४ केवलकार गेटअगाडि सडकमा बसको ठक्करबाट गोरखाको सहिद लखन गाउँपालिका-२ बस्ने ३३ वर्षीय जीवन परियारको मृत्यु भएको छ।
उनलाई धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३३६८ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।-डिसी नेपाल
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij