काठमाडौं। काठमाडौंबाट ओखलढुंगाको लागि छुटेको बस तामाकोशी नदीमा खसेर डुबेको छ। प्रहरी चौकी सेलेघाटका अनुसार बस पानीमा चुर्लुम्म डुबेको छ र धेरैको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ।
अहिलेसम्म ३-४ वटा लाश निकालिसकिएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार केही लाशहरु पानीमा तैरिएको अवस्थामा देखिएका थिए । प्रदेश ३ ०१-००५ ख ९९७५ नम्बरको बस दुर्घटना भएको हो।
बसमा सवार केही यात्रु भने घाइते अवस्थामा फेला परेको र उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।-डिसी नेपाल
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij