जिल्ला प्रहरी कार्यालय तनहुँले पसल तोडफोड गरी सामान चोरेर फरार भएका दुई व्यक्तिलाई आज पक्राउ गरेको छ । लमजुड जिल्ला वेशीशहर नगरपालिका–७ बस्ने २३ बर्षीय पुर्ण बहादुर गुरूङ र बेशीसहर–८ बस्ने २५ बर्षीय विकास गुरूङलाई पक्राउ गरेको हो । भानु नगरपालिका–९ वाईसजाँगर स्थितमा अशोक श्रेष्ठले संचालन गर्दै आएको कालिका मोवाईल एण्ड ईलेक्ट्रोनिक पसल तोडफोड गरी सामान चोरी फरार रहेको सामान सहित पक्राउ छ । बिभिन्न कम्पनीका मोबाईल सेटहरू,घडीहरू, रिचार्ज कार्डहरु लगायतको करिब पाँच लाख मूल्य बराबरको सामान चोरी भएको हो । तत्काल पहिचान समेत नखुली फरार रहेका ती व्यक्तिहरुको अनुसन्धानको क्रममा पहिचान सहित विभिन्न कम्पनीका मोबाइल सेट ११ थान सहित पक्राउ परेका हुन् । उनीहरु उपर चोरी मुद्दा शिर्षकमा तनहुँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij