Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

पत्रकार एल.बिको परिवारलाई राहत र रोजगारीको माग गर्दै संघले बुझायो ज्ञापन, के के छन अन्य मागहरु ?

  • 220
    SHARES
  • 220 Shares
  •  धर्म सुनार, काठमाडौं  

    राष्ट्रिय दलित पत्रकार संघ नेपालले स्वास्थ्य तथा जनसंख्या मंत्रालयलाई पाँच बुधे ज्ञापन पत्र  बुझाएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार लालबहादुर विश्वकर्मा ९एल।बी० को उपचारको क्रममा भएको मृत्युको तत्काल छानविन गर्न माग गरेको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडालाई संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराईली र महासचिव लक्ष्मण दर्नालको संयुक्त हस्ताक्षणको पाँच बुधे ज्ञापन पत्र बुझाउदै उपचारमा लापरवाही गर्ने अस्पताललाई सरकारले तत्काल कारवाही गर्न संघले माग गरेको छ । सराकारले हाम्रा यी मागहरूलाई तत्काल कार्यावन्यन गर्न संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराईलीले आग्रह गर्नुभएको छ । सरकारले हाम्रा यी मागहरूप्रति बेवास्था गरे पत्रकारहरुले देशभर आन्दोलन गर्न बाध्य हुने जानकारी समेत् संघका बराईलीले गराउनुभयो । अछाम जिल्लाको रामारोसन गाउँपालिका स्थायी घर भई हाल काठमाडौँको टिभी टुडे टेलिभिजनमा कार्यरत स्वर्गीय पत्रकार विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि माघ ५ गते बुधबार राति नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका लागि आफन्तहरुले लगेका थिए । तर, सो अस्पतालले स्वास्थ्य परिक्षण गर्ने पैसाको अभाव देखाएर अक्सिन दिनुपर्ने विरामीलाई अन्यत्र रिफर गरिनु नै पत्रकार विश्वकर्माको निधनको मूख्य कारण बनेको संघले प्रष्ट पारेको छ । संविधानमै कुनै पनि नागरिकले स्वास्थ्य उपचारबाट विमुख नहुने उल्लेख गरिएको भए पनि सिभिल अस्पतालबाट चरम लापरवाही भएकाले सहज उपचार नपाउँदा पत्रकार विश्वकर्माको निधन हुनु अत्यन्त दुःखद् र गम्भीर विषय भएको संघका महाचिव लक्ष्मण दर्नालले बताउनुभयो । यो विषयमा सरकारले तत्काल छानविन गरी उपचारमा लापरवाही गर्ने अस्पताललाई कारवाही गर्न संघले जोडदार माग गरेको उहाँको भनाई छ । २४ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले राष्ट्रिय दलित पत्रकार संघ नेपाल अत्यन्तै स्तब्ध भएको संघले जनाएको छ ।

    मागहरूः
    १। पत्रकार विश्वकर्माको मृत्युको विषयमा सरकारी तवरबाट छानविन समिति बनाइयोस् ।
    २। उपचारमा लापरवाही गर्ने अस्पताललाई कारवाही गर्ने अस्पताल प्रशासनलाई कारवाही गरियोस् ।
    ३। मृतक पत्रकार विश्वकर्माको नाबालक बच्चाको उचित शिक्षाको प्रवन्ध मिलाइयोस् ।
    ४। मृतक पत्रकार विश्वकर्माको श्रीमतिलाई जिविकोपार्जनमा सहयोग पुग्नेगरी स्थायी प्रकृतिको रोजगारीको व्यवस्था गरियोस् ।
    ५। कोरोना संक्रमित बिरामी तथा पत्रकारहरुको सहज उपचारको व्यवस्था मिलाइयोस् ।
    हाम्रा यी मागहरूलाई तत्काल कार्यावन्यनका लागि संघ जोडदार माग गर्दछौँ । मागहरूप्रति बेवास्था गरिए देशभर आन्दोलन बाध्य हुने जानकारीसमेत् गराउदछौँ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार