व्यास नगरपालिका अन्तरगत गठित युवा परिषद् कार्यकारीणी समितिको शुक्रबार नगर सभा कक्षमा पद्स्थापना सम्पन्न भएको छ ।
नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा युवा परिषद्को उपाध्यक्ष गौरव पन्थ, सदस्यहरु निशा भण्डारी, सुनिल मिश्र,एलोज श्रेष्ठ र सञ्जु घलेले नगर प्रमुखबाट शपथ लिनु भई पदस्थापना गर्नुभएको थियो ।
उक्त कार्यक्रममा बिमल गिरी, व्यास नगरपालिका प्रवक्ता मोहन कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम सिग्देल, उप–प्रमुख मीरा जोशीले युवाहरुको सहभागितामा जोड दिनुभएको थियो ।
नगर प्रमुखले न्यौपानेले व्यास नगरपालिका युवा मैत्री नगरपालिका बनाउन सदा प्रयत्नशिल रहेको हुदाँ युवाहरुको प्रतिभा उजागर गर्न, नगरपालिकालाई सचेत गरि राख्न युवा परिषद्ले काम गर्ने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij