जिल्ला प्रहरी कार्यालय तनहुँले हराएको मोबाइल फेला पारी संम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । व्यासनगरपालिका–२ निवासी डाली शाहीले रु.२६ हजार मूल्य बराबरको भिभो कम्पनीको मोबाइल हराएको भनि निवेदन दिएकोमा फेला परेपछि संम्बन्धित व्यक्तिलाई बुझाएको हो । दमौलीबाट पोखरा जाने क्रममा शाहीले गत पौष २६ गते मोबाइल हराएको थिइन् । प्रहरीले माघ १४ मा जिल्लाको म्याग्दे गाउँपालिकाको अकला मन्दिर नजिकबाट फेला परेको जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij