व्यासनगरपालिका ५ बेनीपाटन स्थित पराशर माध्यमिक विद्यालयको ३० औं वार्षिकोत्सवको अवसरमा रु.एक लाख सात हजार सात सय ७८ रुपैयाँको हेमउषा गरिव तथा जेहन्दार अक्षयकोष स्थापना गरिएको छ । विद्यालयका निवर्तमान एवं सस्थापक प्रधानाध्यापक हेम पौडेल तथा व्यवस्थापन समितिका अध्यक्ष उषा क्षेत्रीले अक्षयकोष स्थापना गरेका हुन् । विद्यालयको ३० वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह कोरोनाका कारण औपचारिक रुपमा भौतिक उपस्थितिमा सम्पन्न गर्न नसकिएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयको स्थापनाकालदेखि अहिलेसम्म सहयोग गर्नु हुने सबैप्रति सबै हार्दिक नमन् तथा उच्च सम्मान व्यक्त गर्न गरिएको छ ।
साथै निजी श्रोत शिक्षक व्यवस्थापनका लागि रु दश हजार प्रदान गर्नुहुने विद्यालयका पूर्व शिक्षक एवं व्यवस्थापन समितिका सदस्य, बेनी पाटन टोल विकास संस्थाका अध्यक्ष परशुराम गिरीप्रति पनि हार्दिक आभार व्यक्त गरिएको छ । यस विषम परिस्थितिमा समयानुकूल वार्षिकोत्सव सांकेतिक रुपमा बिद्यालयमा पूजा तथा साँझमा दिपावली कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,अभिभावक शिक्षक सङ्घका पदाधिकारी ,पूर्व प्र अ, शिक्षक साथीहरू एवं विद्यार्थी प्रतिनिधिलाई विद्यालयको प्रधानाध्यापक रामदत्त पौडेलले आभार व्यक्त गरेका छन् । आगामी दिनमा विद्यालयलाई सम्बन्धित सबै सरोकारवालाहरूको सहयोगमा पाटन क्षेत्रकै शिक्षाको दियोको रुपमा स्थापित गर्न हरपल लागि पर्ने प्रतिवद्धता समेत प्रअ पौडेलले गरेका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij