Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

देवघाटमा अल्पसंख्यक तथा पिछाडिएका बर्गलाई नेतृत्व विकास तालिम

  • 237
    SHARES
  • 237 Shares
  •  

    देवघाट गाउँपालिकामा अल्पसङख्यक तथा पिछाडिएका वर्गका लागि बिहीबार र शुक्रबार गरि दुई दिने नेतृत्व विकास तालिम प्रदान गरेको छ । 
    समृद्धिका लागि त्रिपक्षीय आयाम नेपाल गण्डकी प्रदेशको संयोजन तथा अल्पसङ्ख्यक तथा पिछाडिएका वर्ग गाँउपालिकाको आयोजनामा उक्त तालिम प्रदान गरिएको हो । 
    देवघाट गाँउपालिमा रहेका वोटे,भुजेल समुदायका सहभागी प्रशिक्षार्थीहरुलाई नेतृत्व विकास, पत्रकारिता लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । 
    देवघाट गाँउपालिका अध्यक्ष दुर्ग बहादुर थापाले दुई दिने तालिमले गाँउपालिकाभित्रका युवाहरुमा सकारात्मक सोचको विकास हुनुका साथै यसले गाउँपालिकाको समृद्धि र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
    थापाले युवाहरुलाई सही मार्गमा डो¥याउनका लागि गाँउपालिकाले पहिलो प्राथमिकतामा राखेकोले आवश्यकता अनुरुप तालिम प्रदान गर्ने गरिएको उहाँले बताउनुभयो ।
    युवाहरु समाज परिवर्तनका संवाहक हुन अध्यक्ष थापाले भन्नुभयो,गाउपालिकाले यसलाई प्राथमिकतामा राखेर कामहरु गर्दै आएको छ । पछाडी परेको क्षेत्र र वर्गलाई प्राथमिकतामा राखेर नेतृत्व, व्यक्तित्व र व्यवसायिक सोचलाई टोलटोलमा पु¥याइने लक्ष्य रहेका उहाँले बताउनुभयो ।
    रोटरी क्लव अफ नारायणगढका इन्जिनियर गुनेश्वर महतोले नेतृत्व र व्यक्तित्व विकासमा कसरी अग्रसरता जनाउने भन्ने विषयमा प्रशिक्षण प्रदान गर्नुभएको  थियो । उहाले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न  आग्रह  गर्नुभयो । 
    सोही कार्यक्रममा नेपाल वोटे समाजका केन्द्रीय अध्यक्ष ज्ञान बहादुर वोटेले आफ्नो परम्परा,वोटे समुदायको विविधि विषयमा जानकारी प्रदान गर्नुभएको थियो । यसैगरी सामुदायिक रेडियो देवघाट स्टेशन म्यानेजर सुवास लामिछानेले पत्रकारिता सम्वन्धी जानकारी प्रदान गर्नुभएको थियो । 
    तालिमका सहभागीहरुले युवाहरुको नेतृत्व तथा व्यक्तित्वको विकासका लागि तालिम महत्वपूर्ण रहेको बताए । उनीहरुले सबै युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकास सम्वन्धी तालिम दिनु आवश्यक रहेको बताएका थिए । 
    उक्त तालिममा संन्जय चौधरी,सामुदायिक रेडियो देवघाटका स्टेशन म्यानेजर सुवास लामिछाने,रोटरी क्लब अफ नारायणगढका इन्जिनियर गुनेश्वर महतो,देवघाट गाँउपालिका अध्यक्ष दुर्ग बहादुर थापा,नेपाल बोटे समाजका केन्द्रीय अध्यक्ष ज्ञान बहादुर बोटे लगायतले प्रशिक्षण प्रदान गर्नुभएको थियो । तालिममा ३० जना बढीकोे सहभागिता रहेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार