Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

४७ जना विद्यार्थीलाई न्यानो कपडा सहित शैक्षिक सामाग्री बितरण

  • 251
    SHARES
  • 251 Shares
  • लायन्स क्लब अफ तनहुँ तथा लियो क्लब अफ तनहुँको संयुक्त सहयोगमा यहाँको एक विद्यालयका ४७ जना बिद्यार्थीलाई न्यानो कपडा सहित शैक्षिक सामाग्री बितरण गरिएको  छ । व्यासनगरपालिका–५ स्थित उदय माध्यमिक विद्यालयका गरीब तथा अति बिपन्न विद्यार्थीहरुलाई झोला,स्वीटर तथा स्टेशनरी बितरण गरिएको हो । उदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं लायन्स क्लब अफ तनहुँका पूर्व अध्यक्ष श्रीभद्र खनालको अध्यक्षतामा अन्तराष्ट्रिय लायन्स क्लब ३२५ बी १ डिष्ट्रीकका पूर्व गर्भनर अशोक कुमार श्रेष्ठ,लायन्स क्लब अफ तनहुँका अध्यक्ष कृष्णहरी गैह्रे,पूर्व अध्यक्ष शंकरलाल राजभण्डारी लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार