Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

समाचार प्रभाव ः बिद्युत प्राधिकरण तनहुँले करेन्ट लाग्ने खतराबाट जोगायो 

  • 378
    SHARES
  • 378 Shares
  • व्यासनगरपालिका–१ गल्बुबेसी स्थित शिवपाञ्चायन मन्दिर अगाडि स्टील पोलमा टाँसिएको बिजुलीको नाङ्गो तार व्यवस्थित गरेको छ । रातको समयमा टिप्परको ठक्करबाट बिजुलीको पोल ढल्किुनका साथै पोलमा नाङ्गो तार सर्ट हुन पुगेपछि करेन्ट लाग्ने खतरा बढेको थियो । कुन चाहि टिप्परले  उक्त क्षति बनाएको भन्ने बारे अझै खुल्न सकेको छैन् । घट्ना आइतबार रातीको भएपनि बिहान मात्रै थाहा पाएको अकला बगैचा टोल विकास संस्थाका उपाध्यक्ष रामराज अधिकारीले जानकारी दिए । बिहान उठ्दा उच्च जोखिम देखेपछि स्थानीयबासीले तत्कालै बिद्युत प्राधिकरणको नो लाइट शाखामा पटक पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन नसकेको उनले बताए । बिहान करिब साढे नौ बजेको समयमा बल्ल बल्ल बिद्युतका कर्मचारी आएपछि बनाउने भए  भनेर खुशी भएका थियौ । उनले भने ती कर्मचारीले पनि हेरेर मात्रै फकिएका थिए ।  लामो समय बिद्युतका कर्मचारी नआएपछि संञ्चारकर्मी लगायत  विभिन्न क्षेत्रबाट बिद्युत प्राधिकरणमा फोन गरी पुन ःदबाब दिएपछि मात्रै  आएर बनाएको स्थानीयबासीहरु बताउँछन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार