जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णयले यही माघ २० गतेसम्म विद्यार्थीहरुलाई खोप प्रयोजनको लागि मात्रै बिद्यालय खोल्न निर्देशन दिएको छ । १२ देखि १७ उमेर समुहका संम्पूर्ण विद्यार्थीलाई अभियानको रुपमा खोप दिने प्रयोजनका लागि मात्रै विद्यालय खोल्न निर्देशन दिएको हो । विद्यालय,विश्व बिद्यालय,कलेजका पूर्व निर्धारित परीक्षा,रोजगारीका लागि संञ्चालन गरिने बिदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्ष नेपाल सरकारको पौष ३० गतेको आदेश बमोजिम जनस्वास्थ्य मापदण्ड पालना गरी संञ्चालन गर्ने निर्णय गरिएको छ ।
विद्यालय,विश्वबिद्यालय,कलेज,टयुशन सेन्टर तालिम वा अन्य प्रकारका शैक्षिक गतिबित्री माघ मसान्तसम्म भौतिक उपस्थितिमा संञ्चालन नगर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । त्यसैगरी भचुवल वा बैकल्पीक शिक्षण सिकाईका बिधीहरु अपनाई गर्ने,सिनेमा हल,डान्सघर, दोहोरी, नाचघर, क्लब,हेल्थ क्लब,जीमखाना,स्वीमिङ पुल, फुटसल, पटके,हाटबजार र मानिसहरु भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरु माघ मसान्तसम्म नगर्ने निर्णय गरिएको छ । त्यसैगरी,विश्व व्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सो रोकथाम नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन लागिएको प्रजिअ अर्यालले बताए ।
नेपाल सरकार,गृहमन्त्रालय र जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णय बमोजिम संक्रामण रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम अर्को सूचना नभएसम्म तनहुँ जिल्लाको संम्पूर्ण क्षेत्रमा लागु हुने गरी उक्त निर्णयहरु गरिएको हो
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij