व्यासनगरपालिका–२ निवासी तथा निर्माण व्यवसायी गणेश कुमार गोतामेले जनचाहना न्युज डट कमका संञ्चालकलाई डिजिटल क्यामेरा हस्तान्तरण गरेका छन् । गोतामेले बुधबार जनचाहना न्युज डट कमका संञ्चालक एस.बि.नेपालीलाई कोरियाबाट ल्याएको क्यामेरा उपहार स्वरुप प्रदान गरेका हुन् । झण्डै ७ बर्ष कोरियामा रहेका गोतामेले समाजको ऐनाको रुपमा रहेको संञ्चारकर्मीलाई समाचार संम्प्रेषणमा थप सहयोग पुग्ने अभिप्रायले एक थान क्यामेरा सहयोग गरेको बताए ।