Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यासमा अपाङ्गता स्रोत कक्षाको समीक्षा ः सेवामुखी शिक्षा दिइनुपर्नेमा जोड

  • 320
    SHARES
  • 320 Shares
  • दमौली १४ बैशाख
    जिल्लाको व्यास नगरपालिका अन्तर्गत सञ्चालित ६ वटा अपाङ्गता स्रोत कक्षाहरूको आकस्मिक बैठक बुद्ध दाहाल बहिरा विद्यालयमा भव्यताका साथ सम्पन्न भएको छ। नगरपालिकाका लेखाजोखा संयोजक ईश्वर बास्तोलाको संयोजकत्व र प्रधानाध्यापक कमला पौडेलको अध्यक्षतामा भएको उक्त बैठकले स्रोत कक्षाहरूलाई केवल शिक्षा दिने थलो मात्र नभई अभिभावक र बालबालिकाको आशाको केन्द्र बनाउनुपर्ने निष्कर्ष निकालेको हो । 
    उक्त बैठकमा सहभागी १६ जना शिक्षक प्रतिनिधिहरूले विद्यार्थीको बढ्दो संख्या अनुसार भौतिक पूर्वाधार र सहयोगी जनशक्तिको अभाव रहेको औल्याउँदै नगरपालिका र संघसंस्थाहरूको ध्यानाकर्षण गराएका छन्। 
    विशेषगरी महेन्द्रज्योति माविमा ५ वर्षपछि खुल्न लागेको शिक्षक दरबन्दी र विद्यार्थीको स्वास्थ्य एवं भाषाशैलीमा सचेत रहनुपर्ने विषयलाई बैठकले प्रमुखताका साथ उठाएको छ। शिक्षण कार्यलाई जागिर भन्दा माथि उठेर मानवीय सेवाको रूपमा अगाडि बढाउने सामूहिक प्रतिबद्धताका साथ बैठक समापन भएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार