Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

पन्थद्वारा अमर ज्योति माविका ११ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

  • 176
    SHARES
  • 176 Shares
  • जनचाहना न्यूज
    तनहुँ १६ बैशाख  
    जिल्लाको व्यास नगरपालिका–१२ छिर्कने स्थित अमर ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत एघार जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । 
    आधारभूत सामग्रीको अभावमा कुनै पनि विद्यार्थीको विद्यालय उपस्थितिमा असर नपरोस् भन्ने उद्देश्यले सामाजिक अभियान्ता अविनाश पन्थले शैक्षिक सामग्री उपलव्ध गराउनु भएको हो । 
    मेरो सानो सहयोगले पनि बालबालिकाको मनोबल बढ्छ र सिकाइप्रति उत्साह थपिन्छ, अभियान्ता पन्थले भन्नुभयो, “यस सहयोगले विद्यार्थीहरूको नियमित विद्यालय उपस्थितिमा सकारात्मक टेवा पुग्ने विश्वास लिएको छु ।”
    युवा पन्थले शिक्षा,स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा आफ्नो तर्फबाट सहयोग जुटाएर सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आउनु भएको छ । 
    विद्यालयका प्रधानाध्यापक रघुनाथ पण्डितका अनुसार यस्ता पहलले सामग्रीको अभाव पूर्ति मात्र नगरी विद्यालय र समुदायबीचको सहकार्यलाई समेत मजबुत बनाउँछ । 
    विद्यालय परिवारले शैक्षिक वातावरण सुधारका लागि सामाजिक क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने भन्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिन सरोकारवालाहरूसँग आग्रह गरेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार