नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्न्वय परिषद तनहुँले २७ औं विश्व आदिवासी दिवसको अवसरमा शनिबार दमौलीमा रक्तदान कार्यक्रम गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै नगरप्रमुख न्यौपानेले रक्तदान जीवन दान भएकोले असहज परिस्थितिमा पनि रक्तदान कार्यक्रम गरेर पुण्य कार्य गरिएको बताउनुभयो ।
ब्लड बिना कसैको अकालमा ज्यान जान सक्ने भएकोले रक्तदान गरि संकलन गर्नु उदाहरणीय पक्ष भएको उहाँले बताउनुभयो ।
कार्यक्रमका बिशिष्ट अतिथि एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यले ब्लड अभावको कारण अकालमा मानिस ज्यान सक्ने खतरालाई न्यूनिकरण गर्न ब्लड डोनेसनको बिकल्प नरहेको बताउनुभयो ।
परिषद्की अध्यक्ष बसुन्धरा घर्तीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सुदिप हिराचन र संञ्चालन सचिव नन्द थापाले गर्नुभएको थियो ।
उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस रक्त संञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो । विभिन्न व्यक्तिबाट गरि सो अवसरमा २६ पिन्ट ब्लड संकलन भएको थियो । ब्लड डोनेशन गर्ने व्यक्तिहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij