साँकेतिक तस्बीर ः
प्युठान ः बेहुली लिएर घर तर्फ फर्कँदै गरेको जन्ती जीप दुर्घटना हुँदा प्युठानमा ६ जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो । जीप दुर्घटनामा परी ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सत्यनारायण थापाले जानकारी दिए । मृतक पहिचान खुल्न सकेको छैन । बेहुलासहित सात जना घाइते भएका छन् । जीप सडक देखि तल खोल्सीमा खस्दा उक्त दुर्घटना भएको हो । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको थापाले बताए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij