Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँ प्रहरीका सूचना अधिकारीको फोन उठ्नै गाह्रो,सूचना पाउन सास्ती,एसपीले पनि दिएनन् सुचना ?

  • 435
    SHARES
  • 435 Shares
  • फाइल फोटो ः 

    जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी युवराज खड्काको फोन उठ्नै गाह्रो । सुचना अधिकारी हुँदा हुदै प्रहरीका अन्य निकायले सुचना दिने अधिकार पनि हुदैन् । सन्दर्भ हो ः शनिबार मादी पुलबाट हाम फालेर आत्महत्या गरेकी महिलाको बिषय हो । घट्ना शनिबारको भएपनि साँझ अबेरसम्म नामथर वतन खुल्न नसकेको प्रहरीले जनाएको थियो । आइतबार बिहान करिब ८ बजेको समयमा पटक पटक गर्दा पनि प्रहरीका सुचना अधिकारी फोन उठेन् । उहाँको ९८५६०६२२५५ नम्बर रहेको छ । त्यसपछि १०० ले त झनै सुचना दिनै मान्दैन् । माथिको आदेश भन्दै पन्छिने गर्छन् । डिएसपी वा सुचना अधिकारीको निर्देशन बिना । त्यसपछि प्रहरीको संञ्चार सेवा ९८५६०९०२९८ सम्पर्क गर्दा जवाफ उही आयो सूचना अधिकारीसंग लिनु या कन्टोलको नम्बर ९८५६०९०१७८ मा सम्पर्क गर्नुस् । त्यसपछि पुन ः कन्टोलको नम्बरमा सम्पर्क गरे त्यहाँबाट पनि उही जवाफ आयो कि सुचना अधिकारीसंग सुचना लिनुस्,हामीलाई अधिकार छैन् । म हैरानी भएँ त्यसपछि सिधै तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र बाबु रेग्मी सरलाई हिजोको उक्त घट्नाको बिषयमा जानकारी पाउन सकिएन सर जानकारी पाउँ भनि अनुरोध गरें । विभिन्न तहमा फोन गर्दा पनि जानकारी पाउन सकिएन ती महिलाको नामथर वतन खुलेको भए जानकारी पाउँन सर भने पछि हुन्छ म बुझेर खबर गरिहाल्छु  भनेका थिए । मैले बिहान ८ बजेर ३७ मिनेटमा जाँदा सम्पर्क गरेका एसपी रेग्मी सरले पनि मैले यो समाचार तयार बनाउँदा ९ बजेर ५५ मिनेट जाँदासम्म सुचना दिन सकेनन् । संञ्चारकर्मीलाई त सूचना लिन यति कठिनाई हुन्छ भने अन्य सर्बसाधारणहरुले कसरी सुचना पाउँलान भन्ने कुरा सहजै अनुमान गर्न  सकिन्छ । 
    आत्महत्या,दुर्घटना लगायतका घट्नाका समाचार दिन त महाभारत,आलटाल र वेवास्ता गरिन्छ भने अन्य किसिमका समाचार कसरी सहज रुपमा पाउँन सकिला । यसतर्फ संम्बन्धित निकायको बेलैमा ध्यान पुगोस् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार