Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यास नगरपालिकाद्वारा सरकारी तथा सार्वजनिक जग्गाका संरचना हटाउन आग्रह ः नहटाइए व्यासले एक्सन लिने

  • 515
    SHARES
  • 515 Shares
  • जनचाहना न्यूज
    तनहुँ २५ जेठ
    व्यास नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा निर्माण गरिएको संरचना आफैले हटाउन नगरपालिकाले अनुरोध गरेको छ । नगरपालिकाले सोमबार सूचना जारी गरी सडक अधिकार क्षेत्र तथा सडक पेटी अवरुद्ध हुने गरी पक्की संरचना, बरन्डा तथा टिनका संरचनाहरू निर्माण गरेको पाईएकाले त्यस्ता संरचनाहरू हटाउन आग्रह गरेको हो । व्यास नगर कार्यपालिकाको मिति २०८३÷०२÷२२ गते बसेको २३८ औं बैठकले निर्णय गरेकाले पैंतीस) दिने सूचना जारी गरिएको इन्जिनियर अमृत केसीले जानकारी दिनुभयो । उक्त अवधिभित्र सम्बन्धित घरधनीले आफ्नै पहलमा समय सिमा भित्र संरचना नहटाएमा प्रचलित कानुन बमोजिम व्यास नगरपालिकाले आवश्यक प्रक्रिया पूरा गरी त्यस्ता संरचना हटाइने उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो,सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्नु सबै नगरबासीको कर्तव्य हो,त्यस्ता संरचनाहरू हटाउन सम्बन्धित घरधनी तथा सरोकारवालाहरूलाई आग्रह गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार