Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यासद्धारा विश्व आदिबासी दिवसमा सार्वजनिक बिदा,आदिबासीहरुमा खुशीयाली

  • 469
    SHARES
  • 469 Shares
  •  

    व्यासनगरपालिका कार्यालयले विश्व आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । 
    यहि साउन २५ गते सोमबारका दिन बिश्व आदिबासी दिवसको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । 
    गत बर्ष गण्डकी प्रदेश सरकारले निर्णय गरि सार्वजनिक बिदा दिएपनि यसबर्ष नगरपालिकाले नै सार्वजनिक बिदा दिएको व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । 
    बर्षभरिमा पाँच दिन सार्बजनिक बिदा दिने गरेकोमा बिश्व आदिबासी दिवस,ब्राहमणको जनै पूर्णिमा लगायतकोमा बिदा दिदै आएको उहाँले बताउनुभयो । 
    ०७६सालदेखि सार्वजनिक बिदा दिन शुरुवात गरेको नगरपालिकाले यसबर्ष पनि दिन लागेको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्न्वय परिषद तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले जानकारी  दिनुभयो । 
    नगरपालिकाले उक्त दिन सार्वजनिक दिा दिएर सम्मान गरेकोले जिल्लाका सम्पूर्ण आदिबासीहरु खुशी भएका छन् ।
    यो पनि पढ्नुहोस् ः  

    कुसुन्डा परिवारमा सहयोग ः
    त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्न्वय परिषद तनहुँले राजामामा कुसुन्डा परिवारलाई खाद्यान्न सहयोग गरेको छ । 
    नेपालका एक मात्र सक्कली राजामामा कुसुन्डाको केहि बर्ष अघि मृत्यु भएपछि उनका परिवारमा रहेका श्रीमती इन्द्रमाया र छोरी सिमान्त कुसुन्डालाई खाद्यान्न सहयोग गरेको हो ।  
    कोरोनाका कारण बिहान बेलुका खान पनि धौ धौ देखिएपछि परिषद्ले दुई बोरा चामल,दाल,तेल,नुन लगायतको सहयोग गरेको हो । करिब सात हजार रुपैयाँ बराबरको खाद्यन्न सहयोग गरेको हो । 
    करिब सात हजार रुपैयाँ बराबरको खाद्यान्न लगायतका सामाग्री सहयोग गरिएको परिषद्की अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार