Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

   व्यासको भादगाउँमा नाला निर्माण कार्य तीब्र 

  • 269
    SHARES
  • 269 Shares
  • व्यासनगरपालिका १ स्थित भादगाउँ चौतारा देखि मिलन टोल चोक सम्म पक्की नाला निर्माण कार्य तीब्र रुपमा अघि बढाइएको छ । व्यासनगरपालिकाले रु.६ लाख ४० हजार बजेट बिनियोजन गरेपछि करिब १०० मीटर लामो नाला निर्माण कार्य अघि बढाइएको हो । सडकको दायाँ बायाँ चार÷चार फिट छाडेर सडक फराकिलो बनाउँदा रिटेनिङ वाल लगाउनु पर्दा बजेट अपुग भएको उक्त नाला निर्माण समितिका अध्यक्ष शम्सेर दरैले जानकारी    दिए । रिटेनिङ वालको लागि नगरपालिकाले बजेट नपठाएपछि स्थानीय चौध घरधुरीका मानिसहरुले रकम उठाएर काम सम्पन्न गर्न लागिएको उनले बताए । स्थानीयबासीसंग एक हजार दुई ४० रुपैयाँका दरले रकम उठाइएको छ । उनले भने, दुई वटा गाडी गुड्ने गरी सडक फराकिलो बनाउँदा पैदलयात्रीलाई पनि आवतजावतमा सहज हुने बिश्वास गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार