Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

कक्षा १२ मा ६४.३१ प्रतिशत उत्तीर्ण ः १ लाखभन्दा बढी विद्यार्थीमा ‘एनजी,४० जनाको परीक्षा रद्द

  • 219
    SHARES
  • 219 Shares
  • काठमाडौं ५ असार 
    राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज बिहान सार्वजनिक गरिएको हो । 
    सार्वजनिक नतिजा अनुसार यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ परीक्षामा सहभागी कुल ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका हुन् । त्यसैगरी, नियमिततर्फका १ लाख ४ सय ७१ एनजीको सामना गरे । यो नियमिततर्फको कुल परीक्षार्थी संख्याको करिब ३०.२५ प्रतिशत हो। 
    नियमित र आंशिक गरी यसपटक कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये आंशिकतर्फका ३६ हजार ४२० जनासहित कुल २ लाख ६८ हजार १९० जनाले नतिजामा सफलता हात पारेका छन् । दुवैतर्फका गरी ६४।३१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा अमर्यादित गतिविधि गर्ने ४० जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। 
    कुन जीपीएमा कति विद्यार्थी ?
    बोर्डले उपलब्ध गराएको नतिजाअनुसार यस वर्ष २।८१ देखि ३।२० जीपीएको सूचीमा धेरै विद्यार्थी छन्। यस समूहमा ९४ हजार २४९ जना छन्।
    ३.६१ देखि ४.० जीपीए ः १७,७८६ जना
    ३.२१ देखि ३.६० जीपीएः ६४,८२१ जना
    २.८१ देखि ३.२० जीपीए ः ९४,२४९ जना
    २.४१ देखि २.८० जीपीएः ५०,५९७ जना 
    २.०१ देखि २.४० जीपीए ः ४,३०८ जना 
    १.६१ देखि २.०० जीपीए ः ९ जना 
    सैद्धान्तिक परीक्षामा कम्तीमा ‘डी’ ग्रेड ल्याउनुपर्ने बोर्डले जनाएको छ । सोभन्दा कम अंक ल्याई बढीमा दुई विषयमा ‘एनजी’ आएका वा बढीमा दुई विषयमा अनुपस्थित रहेका विद्यार्थीले मौका ९पूरक० परीक्षा दिन पाउनेछन् । समयतालिका छिट्टै सार्वजनिक गर्ने बोर्डले जनाएको छ । विद्यार्थीले नतिजा राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकमको वेबसाइट साथै एसमएसबाट थाहा पाउन सकिने बताएको छ । नेपाल प्रेसबाट

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार