व्यासनगरपालिका–३ दुर्गा मन्दिरको आडमा रहेको जिल्ला विकास समितिको जग्गा व्यास ३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले हडापेको आरोप लागेको छ । जिसस संग कुनै सहमति,निर्णय र परामर्श नलिइकन व्यास ३ का वडाध्यक्षले दुर्गा मन्दिर निर्माणको लागि भन्दै भौतिक संरचना निर्माण गर्न लागेको जिसस तनहुँले जनाएको छ । उक्त कुराको जानकारी पाएपछि जिससले बीचमा एक पटक काम रोक्न लगाएपनि पुन ः निर्माण गर्न थालेको जिसस सदस्य निलबहादुर थापाले बताए । के बनाउने हो इष्टिमेट छ कि छैन्,वडाले निर्णय गरेको छ कि छैन्, कुनै जानकारी र आधिकारिक नभएकोले काम रोकिनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । हल्ला सुनिएको छ ः टोल विकास संस्थाको भवन र एकातिर दुर्गा मन्दिर बनाउन लागिएको भन्ने यदि उक्त जग्गा आवश्यक पर्ने हो भने पनि निर्णय हुनुपर्छ । उनले भने निशुल्क नभई केही शुल्क तोकी भाडा सम्झौता गरि दिन सकिन्थ्यो, होला तर सहमति बिनै काम थालिएको छ । जिससबाट कुनै स्वीकृति नलिई वडाले निर्माण कार्य थालेको जिसस प्रमुख शान्तिरमण वाग्लेले जानकारी
दिए । मन्दिर निर्माणको लागि भन्ने सुनेको छु,मन्दिरको लागि भए बसेर छलफल गरौं र एउटा प्रक्रियामा लैजाउ भनेर जिसस पनि नरम बनेको उनले बताए । मठ मन्दिर संरक्षणमा जिसस पनि लाग्छ तर यसरी नियम नै मिच्नु राम्रो काम भएन् ।
पृथ्वीराजमार्ग चौडा गर्ने क्रममा दमौलीको पुरानो दुर्गा मन्दिर भत्किन जाने भएकोले मन्दिर संरक्षणको लागि पहल गरिएको व्यास ३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिए । अन्य भौतिक संरचनाको लागि नभई शुद्ध मन्दिर निर्माणको लागि भएको पनि वडाध्यक्ष श्रेष्ठले स्पष्ट गरे । तल भागबाट रिटेनिङ वाल उठाएर मन्दिर बनाउन लागिएको हो वडाध्यक्ष श्रेष्ठले भने, मन्दिर निर्माणको लागि नगरपालिका मार्फत रु.आठ लाखबाट बजेट समेत बिनियोजन भैसकेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij