Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यासनगरपालिकाले जग्गा अतिक्रमण गरी बनाएको घर टहरा भत्काउन थाल्यो ,करिब तीन रोपनी जग्गा फिर्ता  

  • 628
    SHARES
  • 628 Shares
  • व्यासनगरपालिकाको सक्रियतामा व्यास–२ डाँग्रीखोल्सी आसपास क्षेत्रका सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका घर टहरा बुधबार देखि भत्काउन थालेको छ । बर्षौ देखि व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गरी घरटहरा तथा प्रयोग गर्दै आएपछि नगरपालिकाले हटाउन थालेको हो । नगरपालिकाको केही समय अघि बसेको बैठकले पन्ध्र दिनको म्याद दिई आफैले भत्काउन पत्रचार गरेपनि आफैले भत्काउन अटेर गरेपछि डोजर लगाएर भत्काएको हो । कतिपय व्यक्तिले आफै भत्काउन शुरु गरेपछि नगरपालिकाले डोजर लगाएको थिएन् । बुधबार मात्रै डाँग्रीखोल्सीका करिब तीन रोपनी अतिक्रमण गरिएको जग्गा फिर्ता गरिएको वडाध्यक्ष काशीराम श्रेष्ठले जानकारी दिए । अन्य क्षेत्रका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउनको लागि पनि पत्रचार गरिएको छ । उनले भने तोकिएको अवधिमा व्यक्ति स्वयंमले नभत्काए यसरी नै नगरपालिकाले भत्काउँछ ।

    dojer.jpgउत्तरशीला टोल विकास संस्थाका अध्यक्ष महेन्द्र रिजालले ढिलै भएपनि नगरपालिकाले मिचिएका सार्वजनिक जग्गा फिर्ता गर्न पहल गरेको बताए । टोल विकास संस्थाले पटक पटक पहल गरेपनि अटेर गरेका कारण हटाउन नसकिएको उनले जानकारी दिए । अतिक्रमण गरिएका घरटहरा भत्काउने स्थलमा नेपाल प्रहरी,नगरप्रहरी, व्यासका इन्जिनियर,जनप्रतिनिधी,बुद्धिजीवि,समाजसेवी,नागरिक समाज लगायतको सहभागिता रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार