पोखरा ः लायन्स न्यूरोड चौतारीले पोखराको फेवाताल किनारा स्थित केदारेश्वर मन्दिर परिसरमा बृक्षरोपण गरेको छ ।
बार्षिक कार्यतालिका अनुसार क्लबले केदारेश्वर महादेवमणी मन्दिर परिसरमा फलफुलका र विभिन्न वनस्पतिका बिरुवा रोपेको हो ।
बढ्दो वातावरणीय प्रभावलाई रोक्नका लागि विश्वभर बृक्षरोपण गर्ने अभियान अन्तरगत विभिन्न प्रजातीका फलफुल तथा अन्य वनस्पतिजन्यका बिरुवा रोपिएको क्लवका अध्यक्ष तुलसी प्रसाद पोखरेलले बताउनुभयो । उहाँका अनुसार करिब तीन दर्जन बिरुवा मन्दिर परिशरमा रोपिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं लायन्स क्लव अन्तराष्ट्रिय, डिष्ट्रिक ३२५ बी १ नेपालका प्रमुख बसन्त गिरीले विश्वमा बढ्दो वातावरणीय प्रभावलाई सन्तुलन कायम गर्नका लागि लायन्सले वृक्षरोपण कार्यक्रमलाइ प्राथमिकतामा राखेर कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो ।
बृक्षरोपणले वतावरण सन्तुलन कायम गर्नुका साथै भू–क्षय लगायतका समस्याको नियन्त्रण गर्ने उल्लेख गर्नुभयो ।
त्यसैगरी कार्यक्रमका बिषेश अतिथि एवं केदारेश्वरमणी महादेव मन्दिरका प्रमुख डा.लेखनाथ आचार्यले मन्दिर परिसरमा क्लवले फलफुलका विरुवा रोपेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रमका संयोजक एवं क्लवका द्धितीय अध्यक्ष कृष्ण लम्सालले क्लवले बार्षिक रुपमा विभिन्न सामाजिक कार्यका साथै बृक्षरोपण लगायतका कार्यक्रम गर्दै आएकाले यस बर्ष पनि बृक्षरोपण कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । विगत बर्षमा समेत क्लवले केदारेश्वर मन्दीरमा विभिन्न प्रजातिका बनस्पतिजन्य विरुवा रोपिएका उहाँले बताउनुभयो ।
क्लवद्धारा आयोजित उक्त कार्यक्रमको अध्यक्षता क्लव अध्यक्ष तुलसी प्रसाद पोखरेलले गरेका थिए भने कार्यक्रम संचालन सचिव पुर्ण बहादुर थापाले गर्नुभएको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij