Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

 लागु औषध सहित पक्राउ परेका १८ बर्षीय मगर प्रहरी फन्दामा !  

  • 293
    SHARES
  • 293 Shares
  • इलाका प्रहरी कार्यालय तनहुँले लागुऔषध सहित पक्राउ परेका तनहुँका एक युवक प्रहरी फन्दामा परेका छन् ।  जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ निवासी १८ बर्षीय अनिस मगरको साथबाट प्रहरीले ४० चक्की नाइट्राभेट लागुऔषध सहित पक्राउ गरेको हो । पृथ्वीराजमार्ग खण्डकमा खटिएको प्रहरी टोलीले शुक्लागण्डकी नगरपालिका–६ स्थित तिमिल्सेना चोकबाट निजलाई नियन्त्रणमा लिइएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । पक्राउ परेका मगरलाई तनहुँ जिल्ला अदालतबाट लागुऔषध मुद्दा शीर्षकमा दश दिनको म्याद थप गरी अनुसन्धान कार्य भैरहेको उनले बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार