Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

प्रादेशिक राष्ट्रिय दैनिक पत्रिकालाई संचार सामग्री हस्तान्तरण

  • 300
    SHARES
  • 300 Shares
  • व्यास नपा २ दमौली निवासी डा. ईश्वर वाग्ले र विन्दु वाग्लेले प्रादेशिक खबर राष्ट्रिय दैनिकलाई संचार सामग्री उपलब्ध गराएका छन । प्रादेशिक खबरका सल्लाहकार समेत रहेका वाग्लेले ति सामग्री हस्तान्तरण गरेका हुन । वाग्ले दम्पत्तिले पत्रिकाका प्रधान सम्पादक मदन वाल्लेलाई रेकर्डर र पेन ड्राइभ उपलब्ध गराएका हुन । अमेरिकामा रहेका डा. वाग्लेका छोरीहरु डा. शर्मिला वाग्ले, डा. स्नेह वाग्ले, निर्मला वाग्ले र इन्जिनियर रविन पाण्डेले पठाएका ति संचार सामग्री डा. वाग्लेले पत्रिकालाई उपलब्ध गराएका हुन् । १० हजार मूल्य बराबरको सामग्री उपलब्ध गराइएको हो । पत्रिकामा कार्यरत पत्रकारहरुलाई रिपोर्टिङमा सहयोग पु¥याउन ति सामग्री उपलब्ध गराइएको डा. वाग्लेले बताए । संचार सामग्री उपलब्ध गराउने डा. वाग्लेलाई पत्रिकाका प्रधान सम्पादक वाग्लेले धन्यवाद दिए । उनले सहयोगी हातहरुको निरन्तर सहयोगको खाचो रहेको बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार