Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

असल मित्रको सहयोग ः दुबै मिर्गौला पीडित थापाको ६ महिना देखि निःशुल्क यातायात सेवा दिदै कुमाल,को हुन् ती कुमाल ?

  • 367
    SHARES
  • 367 Shares
  • तनहुँको व्यास नगरपालिका–५ साँगे सेरा निवासी बाबुलाल कुमालले बिगत ६ महिनादेखि मृगौला पीडित थमन बहादुर थापालाई निःशुल्क यातायात सेवा प्रदान गर्दै आएका छन् ।  दुबै मिर्गौलाबाट ग्रसित ४४ बर्षीय थापाको डाइलासिसका लागि कुमालले दमौली अस्पताल लैजाने र ल्याउने कार्यमा सहयोग गर्दै आएका हुन । थापा आफुसँग अत्यन्तै मिल्ने साथी समेत भएकाले उनको उपचारमा निःशुल्क यातायात सेवा प्रदान गर्दै आएको र आउँदा दिनमा पनि सहयोग गर्ने योजना बनाएको कुमालले बताए । राती, बिहान, दिउँसो जुनसुकै समयमा पनि थापाको उपचारका लागि अस्पताल पु¥याउन यातायात सेवा प्रदान गर्दै आएको छु,उनले भने– ‘जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बिरामीहरुको सेवा गर्न पाउँदा आफुलाई सौभाग्य ठानेको छु ।’ कुमालले आफ्नै म्याजिकमा राखेर घरबाट अस्पताल र अस्पतालबाट घर लैजाने ल्याउने गरेर ठुलो गुन लगाएको मिर्गौला पीडित थापाले बताए । गरीब,बेसहराहरुको उपचारको लागि संम्बन्धित निकायसम्म पुराएर सच्चा मानवीय भावनाले काम गर्न पाउँदा आफुलाई छुट्टै किसिमको आनन्द मिल्ने म्याजिक चालक कुमाल बताउँछन् ।  आफ्नो उपचार गरिन्जेल निःशुल्क सेवा दिइरहने आश्वसन पाएको र असल मित्रमा हुने गुण बल्ल थाहा पाएको उनले बताए ।  बिरामीहरुको उपचारमा यातायात सेवा उपलब्ध गराउने चालक बाबुलाल कुमाललाई स्थानीयबासीले दयालु चालकको संज्ञा समेत दिएका छन् । कोरोना महामारीका बेला समेत निर्धक्क साथ थापालाई डाइलासिसको लागि अस्पतालमा ल्याउने लैजान गरी महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ ।  

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार