Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यासको बैरेनीमा जग्गा एकीकरण आयोजनाको लागि मन्त्रालयबाट स्वीकृति,पहिलो चरणमा कुन कुन कित्ता र क्षेत्रफल परे ? 

  • 409
    SHARES
  • 409 Shares
  • व्यासनगरपालिका–१० स्थित बैरेनीमा जग्गा एकीकरण आयोजनाको लागि सहरी विकास मन्त्रालयबाट सोमबार स्वीकृत प्राप्त भएको छ । बैरेनी जग्गा एकीकरण आयोजना अन्र्तगत एक हजार पाँच छत्तीस  रोपनीको सम्भाव्यता अध्ययन मध्ये पहिलो चरणमा दुई सय एकसठ्ठी रोपनी जग्गा विकास योजना लागु गर्न स्वीकृत पाएको हो । संघिय मन्त्रालयको सहमति प्राप्त भई राजपत्रमा प्रकाशित हुन बाँकी रहेकोमा फागुन २ गते राजपत्रमा प्रकाशित भएपछि मन्त्रालयले सार्वजनिक गरेको व्यास नगरपालि कार्यालयले जनाएको छ । व्यास नगरपालिकाले एकीकृत जग्गा विकास परियोजना अन्र्तगत तयार गरेको वैरेनी जग्गा एकीकरण आयोजनालाई नेपाल सरकार सहरी विकास मन्त्रालयले स्वीकृति प्रदान गरेको प्रति व्यासनगरपालिकाले हार्दिक आभार प्रकट गरिएको व्यासका सुचना प्रविधि अधिकृत बिशाल पण्डितले जानकारी दिए । उनका अनुसार व्यास नगरपालिका वडा नं १० (साविक फराकचौर वडा नं ८ (घ) र (ङ)) अन्र्तगतका जग्गाहरु रहेका छन् । पुर्वतर्फ व्यास मार्ग देखि ५० मिटर भित्रबाट सुरु फराक चौर ८ ङ (३८७, ४०९, ३३०, ३७०, ३४८, ९७२, ५९३, ६८७, ९४८, ९४९, १०१, १००, ५१६, ९६५,९६२, ९६०, ९६१) फराकचौर ८ घ (५१४,  ४९०, ४५६, ४२८, ४८३, ४७६, ४७५, ४७७, १६०, ५७२, ४१७, ७३१, ७३२, ८४२, ८४५, ८४४, ९२७, ६९) देखि भित्रका कित्ताहरु रहेका छन् ।  त्यसैगरी पश्चिमतर्फ मादी नदीले कटान गरी बनेको डिल फराकचौर ८ ङ (३) फराकचौर ८ घ (२, १२०६, १२०५)  देखि भित्रका कित्ताहरु छन् । यसैगरी उत्तरतर्फ बोटेनी खोल्सी फराकचौर ८ ङ (२९०, ४३, ८९५, २६५, २६७) देखि भित्रका कित्ताहरु छन भने दक्षिणतर्फ व्यास मार्गको प्रतिक्षालय चोक देखि बोटे संग्रहालय जाने बाटो फराकचौर ८ घ (३९०, १३०, १२६०, १४६७, १३३६, ७४२, ७४१, १५१४, १५१५, १२४२, १२४४, १२४५, १२४६, ८८८, ८८७, ८८६, १५४८, १५४६, १५४७, ४०७, ५८५, १३४६) देखि भित्रका कित्ताहरु छन् । व्यास नगरपालिकाको व्यवस्थित शहरीकरणको अभियानमा यो स्वीकृति कोसेढूङ्गा सावित हुने महसुस गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । उक्त अभियानमा सहयोग पुर्याउनुहुने स्थानीय जग्गाधनीहरु, समितिका पदाघिकारी सदस्य, जनप्रतिनिधि, विज्ञ समेतमा नगरपालिका कार्यालयले हार्दिक धन्यवाद ज्ञापन गरेको छ । उक्त आयोजना अन्र्तगत व्यास ११ रानीगाँउमा ११२६ रोपनीको सम्भाव्यता अध्ययन पूरा भैसकेको छ । त्यसैगरी,व्यास– ६ शिशाघाटमा नयाँ शहर अवधारणा सम्बन्धी प्रस्ताव नगर विकास कोष मार्फत सहरी विकास विभागमा अघि बढाइएको छ । नगरप्रमुख न्यौपानेले भने–‘व्यासनगरपालिका–५ मानहुँकोटको गुरुयोजना समेत तयार भैसकेको छ ।’

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार