Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

बुधबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा 

  • 220
    SHARES
  • 220 Shares
  • पोखरा ः गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते बिदा दिने निर्णय भएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले जानकारी दिएको छ। ‘गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय भएको छ,’ मुख्यमन्त्री पोखरेलको सचिवालयले भनेको छ । प्रदेशका सरकारी कार्यालय,सार्वजनिक निकाय,संघसंस्था  तथा शिक्षण संस्थाहरुलाई समेत सार्वजनिक विदा दिने निर्णय भएको आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुबेदीले जनाएका छन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार