पोखरा ः पोखराको सेती नदी खोचमा अड्किएका एक युवकको पाँच घण्टा लगाएर उद्धार गरेको छ । पोखरा महानगरपालिका १५ ढुङ्गे साँघुस्थित सेती नदीको खोँचबाट ३७ वर्षीय भीम बहादुर तामाङलाई नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोलीले उद्धार गरेको हो । सिन्धुपाल्चोक जिल्ला घर भई हाल पोखरा १० अस्पताल चोक बस्दै आएका तामाङ बुधबार नदीको खोँचमा अड्किएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार घाइते तामाङलाई उद्धार पश्चात उपचारको लागि अस्पताल पठाइएको छ । तामाङको अनुहार र सरीरमा चोट लागेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij