Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सीता परियार बनिन्,दलित समुदायबाट पहिलो महिला सिडिओ

  • 248
    SHARES
  • 248 Shares
  • गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारी सीडीओमा सीता परियारलाई खटाएको छ । परियार दलित समुदायबाट सीडीओ बन्ने पहिलो महिला  हुन् । यसअघि भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी उनलाई मन्त्रालयले हुम्लाको सीडीओ बनाएर पठाएको हो ।  दलित समुदायका पुरुषहरू यसअघि पनि सीडीओ बनिसकेका छन् । यस अघि दलित समुदायका पुरुष तर्फबाट डा.मान बहादुर बिश्वकर्मा सिडिओ बनिसकेका छन् भने दलित समुदायबाट सहायक सिडिओमा काशीराम गैरे बनेका छन् । गैरे हाल तनहुँका सहायक सिडिओका रुपमा रहेका छन् । तर, महिला भने निजामती सेवामै कम छन् । कास्कीको रुपा गाउँपालिका–१ स्थायी निवासी परियारले शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन् । उनी सेवा प्रवेश गरेको दशक बितिसकेको छ । भक्तपुरमा सहायक सीडीओ हुनुअघि उनले तत्कालिन जिल्ला विकास समितिको कार्यालयमा स्थानीय विकास अधिकारीकोरुपमा समेत अनुभव संगालेकी छिन् । यसबीचमा उनले तीनवटा उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा समेत काम गरिन् । उनले धनुषाको जनकपुरधाम उपमहानगरपालिका, काठमाडौंको किर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेकी थिइन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार