Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

प्रजातन्त्र दिवसमा तनहुँबाट बाह्र जना कैदीबन्दी रिहा 

  • 291
    SHARES
  • 291 Shares
  • प्रजातन्त्र दिवसको अवसरमा शनिबार तनहुँ कारागारबाट बाह्र जना कैदीबन्दी रिहा भएका छन् । विभिन्न मुद्दामा ५० प्रतिशत भन्दा धेरै कैद भुक्तान गरेका र असल आचरण देखाएका कैदीबन्दी रिहा भएका हुन् ।  प्रजातन्त्र दिवसमा रिहाको लागि सिफारिस भएकालाई देशैभरबाट रिहा गर्ने क्रममा तनहुँबाट बाह्र जना रिहा भएको जिल्ला कारागार तनहुँका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिए । यसरी रिहा हुनेहरुमा सवारी ज्यानका चार, चोरीका तीन, वनपैदावार मुद्दामा परेका एक,सवारी अङ्गभङ्का एक, ज्यानमार्ने उद्योगको एक, आत्महत्या दुरुत्साहन एक र आगोलगाई एक गरी बाह्र जना रहेको उनले बताए । अधिकारीका अनुसार रिहा भएका कैदीबन्दीलाई शनिबार नै आफन्तको रोहवरमा बिदाइ गरी पठाइएको हो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार