Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँमा १३६ मतदानस्थल,चैत्र १३ गतेभित्र अन्तिम नामावली प्रकाशित गरिने

  • 235
    SHARES
  • 235 Shares
  • आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनको लागि तनहुँमा १३६ वटा मतदान स्थल तय गरिएको छ । मतदाताले आफुले चाहेका उम्मेद्वारलाई सहज रुपमा मतदान गर्न जिल्लाका दश पालिकाहरुमा उक्त मतदानस्थल तोकिएको हो । निर्वाचन सम्बन्धी सहजीकरणको लागि जिल्लाका दश वटै पालिकामा निर्वाचन फोकल पर्सन तोकि सकिएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । फागुन २५ गतेसम्म परेका निवेदन कार्यन्वयन गरेर २६ गते निर्वाचन आयोगमा तथ्याङ्क पठाई चैत्र १३ गतेभित्र अन्तिम नामावली प्रकाशित गरिने लक्ष्य राखिएको छ  । त्यसैगरी जिल्ला न्यायधिश मुख्य निर्वाचन अधिकृत सहित दश वटै पालिकामा निर्वाचन अधिकृत तोकिने जिल्ला निर्वाचन कार्यालय तनहुँका निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए ।  एक हजार मतदाता बराबर एक केन्द्र राख्ने योजना बनाएका छौ । उनले भने ‘फागुन १९ गते देखि २२ गतेसम्म दाबी बिरोध,बिवरण सच्चाउन र नामावली हटाउन सबै स्थानीय तहमा पठाइनेछ ।’ निर्वाचन कार्यालयले माघ २४ गतेसम्म एक लाख २८ हजार ५४२ महिला र एक लाख १९ हजार ९५१ पुरुष गरी कूल दुई लाख ४८ हजार ४९३ जनाको विवरण निर्वाचन आयोगमा पठाइएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । आसन्न निर्वाचनलाई स्वतन्त्र,भयरहित वातावतरणमा सम्पन्न गर्नका लागि मतदाता शिक्षा तथा परामर्शका कार्यक्रमलाई तीब्रता दिइएको छ । उनले भने ‘मताधिकारबाट कोही पनि बञ्चित हुन नपरोस् भनेर पारदर्शिता किसिमले काम गरिएको छ ।’ 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार