व्यास नगरपालिकाबाट सञ्चालित व्यास अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको छ । व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।व्यासनगरपालिकाको मानुङकोट देखि व्यासनरपालिकाको शहीदग्राम पुलिमर्याङ सम्मको म्याराथन फागुन २८ गते शनिबारका दिन आयोजना गर्ने निर्णय गरेको छ ।विगतका बर्ष देखि शहीद दिवसको अवसरमा संञ्चालन गर्दै आएको व्यास म्याराथन कोरोना संक्रमणको कारण देखाउँदै नगरपालिकाले यस अघि स्थगित गरेको थियो । त्यसैगरी महिला हाफ म्याराथन प्रतियोगिता दमौली देखी तनहुँसुर सम्म २०७८ फागुन २४ गते आयोजना गरिएको व्यासनगरपालिका सूचना प्रविधि अधिकृत बिशाल पण्डितले जानकारी दिए । उक्त बैठकले शैक्षिक वेरोजगार महिलालाई दिने अनुदान सम्बन्धी कार्यविधि, २०७८,वैदेशिक रोजगारबाट फिर्ता हुनेहरुलाई वितरण गरिने अनुदान वितरण सम्बन्धी कार्यविधि, २०७८,कर्मचारी सेवा सुविधा मापदण्ड, २०७८ र नगरपालिकाबाट पुरस्कृत गर्ने सम्बन्धी कार्यविधि, २०७८ पारित गरेको छ । व्यास नगरपालिकाको स्थापना दिवस २०७८ चैत्र ३० गते मनाउन नगर प्रमुखको अध्यक्षतामा मुल समारोह समिति, वडा अध्यक्ष काजिमान श्रेष्ठको अध्यक्षतामा– स्मारीका प्रकाशन समिति, वडा अध्यक्ष काशिराम श्रेष्ठको अध्यक्षतामा– पुरस्कार छनौट सिफारिस समिति गठन गर्ने निर्णय गरिएको छ । फोहोरमैला व्यवस्थापन लगायत विभिन्न विषयमा प्रत्येक वडा समितिको आयोजनामा टोल विकास संस्था र अन्य सामाजिक संघ संस्थाका प्रतिनिधिहरु विच अन्तरक्रिया कार्यक्रम एक महिना भित्र सम्पन्न गर्ने निर्णय गरेको छ । जथाभावि कुखुरा, अण्डा ओसार पोसार कार्यले वर्ड फ्लु आउन सक्ने हुदाँ त्यस्को निगरानी राख्न र समस्या देखिएमा तत्काल सूचना दिन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरिएको व्यास नगरपालिका कार्यालयले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij