Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

 तनहुँबाट ई–पासपोर्ट बितरण शुरु,जिल्लाबासीलाई राहत

  • 240
    SHARES
  • 240 Shares
  • जिल्ला प्रशासन कार्यालय तनहुँबाट ई–पासपोर्ट बितरण कार्य थालेको छ ।  जिल्लाबाटै पासपोर्ट बितरण हुनथाले पछि जिल्लाबासीले राहतको महसुस गरेका छन् । जिल्लाबाट ई–पासपोर्ट बितरण कार्य थालेपछि सर्वसाधारणले काठमाण्डौं धाउनुपर्ने समस्याको अन्त्य भएको प्रशासनले जनाएको छ । प्रशासनले शुरुमा हप्ताको ६ दिन पच्चीस जनाको दरले सेवाग्राहीलाई सेवा दिने गरेपनि अहिले बढाएर प्रतिदिन ४५ सेवाग्राहीलाई सेवा पु¥याइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । कार्यालयले दुई लट पासपोर्ट ल्याएर बितरण गरिसकिएको छ उनले बताए । कर्मचारीको अभाव,कर्मचारीमा दक्षता नभएका कारण शुरुमा काम गर्न कठिनाई हुने भएकोले कम सेवाग्राहीलाई सेवा दिइएको हो । उनले भने ‘कर्मचारीमा दक्षता अभिबृद्धि संगै सेवाग्राही संख्या क्रमिक रुपमा बढाउँदै सेवा प्रवाह गर्न थालिएको छ ।’ कर्मचारीको जनशक्ति बढाएर दुई वटा स्टेशनबाट सेवा दिने योजना बनाइएको उनले बताए । ई–पासपोर्ट लागु गर्नु अघि कार्यालयमा दैनिक ७० देखि ८० जनासम्म सेवाग्राहीहरुे पासपोर्टको लागि सेवा लिन आउने गरेका थिए । जनताले घरबाटै अनलाइनबाट फर्म भरेर प्रशासनमा आएर अन्य सेवा लिन सकुन भन्ने उद्देश्यले अनलाइन प्रणालीको व्यवस्था गरेपनि सर्वसाधारणहरुमा उक्त पहुँच पुग्न नसकेको सहायक प्रजिअ गैरेले जानकारी दिए । सेवाग्राहीहरु बिचौलियाको फन्दामा नपरुन भनेर सुपथ मूल्यमा सेवा लिन सकून भनेर यस किसिमको रणनीति बनाएको हो । उनले भने ‘अझै पनि बिचौलियाको भर परेर काम गर्नुपर्ने अवस्था सेवाग्राहीहरुको रहेको छ ।’’ 
    सेवाग्राहीसंग चर्को मूल्य लिने केही साइबर व्यवसायीलाई बोलाएर एक पटकलाई सम्झाएर छाडिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । काम गरिएको कुनै मूल्य निर्धारण नगरिएपनि साविकको पासपोर्ट फर्म भर्दा लिने शुल्क रु.दुई सय लिएर काम गर्न साइबर व्यवसायीलाई आग्रह गरिएको प्रशासनले जनाएको    छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार