व्यासनगरपालिका–२ स्थित बालमन्दिर माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा क्या.सन्तलाल श्रेष्ठ सर्बसम्वत चयन हुनुभएको छ ।
सोमबार भएको अभिभावक भेलाले निर्वाचन छनोट प्रक्रियाबाट श्रेष्ठलाई सर्वसम्वत चयन गरेको हो । अभिभावकहरुबाट रामचन्द्र अधिकारी,नारायण थापा र अस्मिता नेपालीलाई सदस्यमा चयन हुनुभएको छ ।
त्यसैगरी समितिको सदस्य सचिव प्रअ राजेन्द्र खनाल,शिक्षक प्रतिनिधी पदम खनाल चयन हुनुभएको छ ।
सर्वसम्वत चयन हुनुभएका अध्यक्ष श्रेष्ठ लगायतका पदाधिकारीहरुलाई विद्यालयका विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवं संयोजक वडाध्यक्ष काशीराम श्रेष्ठ र प्रधानाध्यापक राजेन्द्रप्रसाद खनाल लगायतकाले टीका तथा खादा ओढाएर पदस्थापना गराउनुभएको हो ।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवं संयोजक वडाध्यक्ष काशीराम श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नगर शिक्षा प्रमुख नगेन्द्रप्रसाद रेग्मी,कार्यक्रम संयोजक नबीन पराजुली,जनप्रतिनिधिहरु कल्पना पोख्रेल,टुकबहादुर हमाल,लालबहादुर थापा,राधिका परियार लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij