Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

ट्याक्सी सहित लुटपाट गर्ने तनहुँका परियार र लागुऔषधका १८ बर्षीय बिक पक्राउ

  • 414
    SHARES
  • 414 Shares
  • कुटपीट गरी ट्याक्सी चालक सहित लुटपाटमा संलग्न रहेको आरोपमा तनहुँका दुर्गा बहादुर परियारलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।  जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ निवासी ६० बर्षीय घनश्याम सिग्देललाई लुटपाट गर्ने व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङ बस्ने ३० बर्षीय परियारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गत फागुन १२ गते दिउँसो शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा स्थित ग १ ज ३६६५ नं. को ट्याक्सी चालकलाई जिल्लाको भानु नगरपालिका–१२ ओखलेस्थित एकान्त स्थानमा पु¥याएर लुटपाट गरेका थिए । ट्याक्सी चालकको टाउकोमा ढुङ्गा समेत प्रहार गरी घाईते बनाई निजको साथमा रहेको नगद, मोबाइल तथा ट्याक्सी समेत लुटपाट गरी चालकको परिवारलाई फोन मार्फत फिरौती रकम माग्दै आएको प्रहरीले जनाएको छ । निजले लिई गएको उक्त ट्याक्सी भानु नगरपालिका–६ सिमपानी स्थित कच्ची सडकमा बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।  लुटपाटमा संलग्न दुर्गा बहादुर परियारलाई फागुन १३ गते दिउसो अन्दाजी १२ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका–९ पृथ्वीचोक स्थित जानकी होटलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको  छ । निजले लुटी लगेको मोबाइल सहित निजलाई पक्राउ गरी आइतबार तनहुँ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग तथा डाँका चोरी मुद्दा शिर्षकमा दिन ६ (छ) को म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको खड्काले जानकारी दिए ।  
    लागुऔषध सहित युवक पक्राउ
    त्यसैगरी, जिल्ला प्रहरी कार्यालय तनहुँले पृथ्वीराजमार्ग सडक अन्र्तगत तनहुँको व्यासनगरपालिका–२ भोर्लेटार चोकबाट एक युृवकलाई लागुऔषध सहित पक्राउ गरेको  छ । जिल्ला कास्की पोखरा महानगरपालिका–१४ भानुभक्त चोक बस्ने १८ बर्षीय सुन्दर बि.कलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो । बि.क.माथि शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट २४३ चक्की नाईट्राभेट लेखेको लागु औषध फेला परेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए ।  
    उक्त लागु औषध सहित पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट लागु औषध मुद्दा शिर्षकमा दिन १० (दश) को म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार