व्यासनगरपालिका–१४ स्थित केशवटार माध्यमिक विद्यालयका शिक्षकलाई सोमबार ल्यापटप प्रदान गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत हाललाई पन्ध्र वटा ल्यापटप बितरण गरिएको हो ।
वडाध्यक्ष काजीमान श्रेष्ठले विद्यालयका शिक्षकहरुलाई ल्यापटप बितरण गर्नुभएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत व्यासनगरपालिकाको रु.६ लाख पचास हजार र बिद्यालयको आन्तरिक स्रोतबाट रु.एक लाख तीस गरी कूल रु.सात लाख तीस हजारको लागतमा उक्त ल्यापटप बितरण गरिएको हो ।
उक्त कार्यक्रमले कोभिडका कारण पठनपाठनमा कठिनाई भोग्नुपरेकोले विद्यार्थीहरुको लागि सहज हुने बिश्वास गरिएको विद्यालयका प्रधानाध्यापक दुर्ग बहादुर आलेले जानकारी दिनुभयो ।
ग्रामीण क्षेत्रका विद्यालयलाई नमुना बिद्यालय बनाएर विद्यार्थीहरुलाई गाउँकै विद्यालयमा बसेर पढ्न आर्कषण गराउने उद्देश्यले प्रविधिमैत्री बनाउन लागिएको उहाँले बताउनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij