Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भीरबाट लडेर वडाध्यक्ष आलेको मृत्यु 

  • 194
    SHARES
  • 194 Shares
  • देवघाट गाउँपालिका वडा नं.३ को वडाअध्यक्ष  कृतिमान आलेको भिरबाट लडेर मृत्युु भएको छ । चार दिन यता देखि हराई रहेका वडाअध्यक्ष आले मृत अवस्थामा फेला परेका हुन् । घर भन्दा माथी गोन्द्राङ्ग पाखा भन्ने भिरमा आइतबार फेला परेको साराङघाट इलाका प्रहरी कार्यालय तनहुँले जनाएको छ । वडा कार्यालयका कार्यालय सहायक अनिरुद्र काफ्लेका अनुसार बिहिवार बेलुका  ५ ः ३० कार्यालयको काम सकेर घर जान्छु भनी हिंडेको  थिए । पार्टीको कामले म दमौली जानू छ, भरे आउदैंन होला भनेर बिहान हिंडेकोले  त्यै दिन बेलुका खोजी नभएको उनले बताए । शुक्रबार देखि खोजी कार्य सुरु गरेको कतै फेला नपरेको परिवारले जनाएका छन् ।  तीन देखिको खोजीको क्रममा वडाअध्यक्षको शब आइतबार दिउँसो करिब ४ बजेको समयमा गाउँलेहरुले  फेला पारेपछि प्रहरीमा खबर गरेका थिए । गाउँलेहरु मिलेर वडाध्यक्ष आलेको शब करिब ५० मिटर भन्दा तल भिरमा निकालेका थिए । घटना स्थलको सर्जिमिन मुचुल्का पछि पोस्टमार्टमको लागि दमौली पठाइएको प्रहरी नायव निरीक्षक एक नारायण आचार्यले  बताए  । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार