Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

दमौली बजार इकाईका पूर्व सभापति ‘राकु’लाई मातृशोक

  • 227
    SHARES
  • 227 Shares
  •  

    तनहुँ उद्योग बाणिज्य संघ,दमौली बजार इकाईका पूर्व सभापति राजकुमार श्रेष्ठ राकुलाई मातृशोक परेको छ । उहाँको आमा बस्तिमाया श्रेष्ठको ६८ बर्षको उमेरमा आइतबार निधन भएपछि श्रेष्ठ परिवारमा मातृशोक परेको हो । 
    मृतक श्रेष्ठका दुई छोरा र दुई छोरी रहेका छन् । जेठा छोरा राजकुमार श्रेष्ठ राकु,कान्छा बिरेन्द्र कुमार श्रेष्ठ र छोरीहरु,बिद्या श्रेष्ठ,सरस्वती श्रेष्ठ रहेका छन् । तनहुँ उद्योग बाणिज्य संघ महिला उद्यमी विकास कार्य समिति सदस्य समेत रहनु भएकी बिमला श्रेष्ठको सासु आमाको निधनले श्रेष्ठ परिवार शोकमा परेका छन् । तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले आमाको निधन प्रति गहिरो समावेदना प्रकट गर्नुभएको छ । 
    मृत आत्माको चिरशान्ति,बैकुण्ठबासको कामना सहित भावपूर्ण हार्दिक श्रद्धाञ्जलीका साथ शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै गहिरो समावेदना व्यक्त गर्नुभएको छ । 
    राकु श्रेष्ठ सामाजिक अभियान्ता,विभिन्न संघसंस्थाहरुमा सफलता पूर्वक नेतृत्व गरिसक्नु भएका कुशल व्यक्तित्व हुनुहुन्छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार