Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

छात्रबासबाट चौध बर्षीय बालिका हराइन्,परिवारजन चिन्तित

  • 262
    SHARES
  • 262 Shares
  • व्यासनगरपालिका–५ स्थित सिन्धु आधारभूत विद्यालयमा बिशेष कक्षा अन्र्तगत बौद्धिक अपाङ्गता भएकी सलिना खातुन विद्यालयको छात्रबासबाट हराएकी छिन् ।  जिल्लाको भानुनगरपालिका–३ तुरतुरे घर भई हाल उक्त बिद्यालयको छात्रबासमा रही अध्ययन गर्दै आएकी १४ बर्षीय खातुन बिहीबार बिहान देखि हराएकी हुन् । हराएकी बालिकाको उचाई ४.५ फिट,आँखाको रङ कालो,कालो बर्ण, खैरो हाइनेक र निलो सुरुवाल लगाएको पोशाकमा हराएकी विद्यालयकी शिक्षिका सीता देवी कुँवरले जानकारी दिइन् ।  बिहीबार बिहान अन्दाजी ४ बजेको समयमा कोही कसैलाई पनि जानकारी नगराई निस्की हिडेको र आफुहरुले बिहान ६ बजेमात्र जानकारी पाएको उनले बताइन् ।  बिहानी पख ढोका खोलेको छात्रबासमा बस्ने सहयोगीले थाहा पाएपनि दिशापिसाब फेर्न निस्किएको होला भनि वेवास्ता गरिदाँ बालिका हराउन गएको बताइएको छ । उक्त आवासमा हाल आठ छात्रा र सात छात्र गरी पन्ध्र जना छात्रछात्रा बसेर अध्ययन गर्दै आएका थिए । छोरी हराएकोले भेट्नु हुने महानुभावले नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गरिदिन आमा दुखेला खातुनले सबै जनासंग आग्रह गरेकी छन् । छोरी हराएको बिषयमा जिल्ला प्रहरी कार्यालयमा समेत बिहीबार नै खोजतलासको लागि जाहेरी दिइएको उनले बताइन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार