पूर्वाधार विकास कार्यालय इकाई कार्यालय तनहुँले छाब्दी खोलामा पक्की पुल सर्भेको लागि मन्त्रालयमा नाउँ सिफारिस गरि पठाएको छ । गतबर्ष आएको बाढीले व्यासनगरपालिका–१ र व्यासनगरपालिका–१३ जोड्ने बुद्दसिं मार्गको पुल भत्काएपछि पक्की पुल राख्न सर्भेको लागि नाम सिफारिस गरी पठाएको हो । उक्त स्थानमा हाल कल्भर्ट प्रयोग गरी अस्थायी रुपमा आवातजावतको लागि व्यवस्था मिलाइएको कार्यालयका सिनियर डिभिजन इन्जिनियर दिनेशकुमार घिमिरेले जानकारी दिए । जिल्लाको भानु तुरतुरे र गोरखाको पालुङटार जोड्ने बेलिब्रिज राख्ने कार्यलाई तीब्रता दिइएको छ । उनले भने ‘बेलिब्रिज अस्थायी प्रबृत्तिको राख्नको लागि गण्डकी प्रदेश सरकारको रु.४३ लाख बिनियोजन भैसकेको छ ।’ भानुको तुरतुरेबाट बेलिब्रिज सिधै ल्याएर फिटिङ गर्न नमिलेका कारण सामान ढुवानी गरी चितवनमा मर्मत संम्भारका पठाइएको उनले बताए । सडक डिभिजनले सामान मर्मत गरी ढुवानी गरी दिने र जनसहभागिता १० प्रतिशतमा बेलिब्रिजको फिटिङ गरिने योजना रहेको छ । हाल उक्त स्थानमा बेलिब्रिज जडान गर्न मिल्ने गरी ग्याबिन जाली सहितको वाल लगाउने कार्य सम्पन्न गरि तयारी अवस्थामा राखिएको कार्यालयका साइड इन्चार्ज होमनाथ गौतमले बताए । उक्त स्थानको पुल बर्षायामको बाढीले बगाइदिएपछि दमौली देखि चितवनको घुमाउने जोड्ने बैकल्पीक सडकमार्ग समेत प्रभावित हुदै आएको थियो । जिल्लाको बन्दिपुर,व्यासनगरपालिका र ऋषिङ गाउँपालिकाका किसानले उत्पादन गरेका दुध,तरकारी लगायतका बस्तु आयात गर्न नसक्दा जनजीवन प्रभाबित बन्न पुगेको थियो । उक्त स्थानमा कल्भर्ट प्रयोग गरी अस्थायी रुपमा आवात जावतको व्यवस्था मिलाएपनि समयमै बेलिब्रिज जडान गर्न नसकिए पुन ः अघिल्लो बर्षको जस्तै यातना सर्वसाधारणले भोग्नुपर्ने देखिएको छ । पृथ्वीराजमार्गमा अहिले सडक चौडा बनाउने कार्य तीब्र रुपमा अघि बढाएसंगै बुद्दसिं मार्गको स्तरउन्नति गर्ने कार्य पनि भैरहेको छ । बुद्दसिं मार्गलाई बैकल्पीक सडक मार्गको रुपमा विकास गर्न सकेको खण्डमा दमौली देखि चितवनसम्म झण्डै २३ किलोमिटर छोटो दुरी पर्न जाने बताइएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij