Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

गोरखाली समाज तनहुँको छैटौं बार्षिक साधारण सभा पराशर पार्कमा सम्पन्न

  • 314
    SHARES
  • 314 Shares
  • गोरखाली समाज तनहुँको छैटौं बार्षिक साधारण सभा शनिबार दमौलीमा सम्पन्न भएको छ । समाजको छैटौं बार्षिक साधारण सभा व्यासनगरपालिका ५ बेनीपाटन स्थित पराशर पार्कमा एक कार्यक्रमका बीच सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि समाजका ज्येष्ठ नागरिक बीरबहादुर गुरुङ्गले समाज बिना मानिसको कुनै अस्तित्व नहुने बताए ।  व्यक्ति चलायमान हुन समाजको आवश्यक अपरिहार्य रहेको बताउँदै गोरखाली समाजको मान र शान रहने गरी समाजले सामाजिक क्रियाकलापमा जोड दिनुपर्ने बताए । समाजका निबर्तमान अध्यक्ष नारायण प्रसाद अधिकारीले समाजले बर्षेनी सदस्य संख्या बृद्धि गर्दै गएकोले समाजले आगामी दिनमा रचानात्मक क्रियाकलाप तर्फ ध्यान दिनुपर्ने बताए । समाजका कोषाध्यक्ष गुञ्जमान कोइरालाले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  

    sambhu .jpgसमाजमा हालसम्म ९१ जना भन्दा बढी आजीवन सदस्य रहेको र संस्थाको खातामा हालसम्म रु.चार लाख भन्दा बढी रकम  संकलन भएको सो अवसरमा जानकारी दिए । संस्थाका अध्यक्ष शम्भुलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा संस्थाका सचिव एस.बि.नेपाली,सहसचिव सहसचिव सावित्री देवी अधिकारी, सल्लाहकार झनकनारायण श्रेष्ठ लगायतका वक्ताहरु गोरखालीहरु एक जुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा समाजका सल्लाहकार अम्मरबहादुर भण्डारीले कार्यक्रम संञ्चालन गरेका थिए । साधारण सभा पश्चात समाजका पदाधिकारीहरुले साँस्कृतिक कार्यक्रम गरेर रमाइलो गरी कार्यक्रम भव्य रुपमा सम्पन्न गरेका थिए । समाजले यसबर्ष आजीवन सदस्य बनेका महानुभावहरुलाई खादा ओढाएर सम्मान गरेको थियो । 
    कोइरालाद्वारा रु.दश हजार दिने प्रतिबद्दता
    त्यसैगरी मिजार समाजका कोषाध्यक्ष गुञ्जमान कोइरालाले समाजको कोष बृद्धिको लागि रु.दश हजार सहयोग गर्ने प्रतिबद्दता जनाएका छन् । कोइरालाले समाजको छैटो साधारण सभाको अवसरमा उक्त रकम सहयोग गर्ने प्रतिबघता जनाएका हुन् । त्यसैगरी समाजका अन्य पदाधिकारीहरुले पनि समाजको भवन खरिदको लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने आश्वसन दिएका थिए । 

    ss.jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार