व्यासनगरपालिका कार्यालय तनहुँले आइतबार दमौलीमा आगलागीबाट भएको क्षतिको यथार्थ विवरण संकलनको लागि तीन सदस्यीय समिति गठन गरेको छ । व्यास नगरपालिका घरनक्सा शाखाका प्रमुख ईन्जिनियर अमृत के.सीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रतिनिधि प्रहरी निरिक्षक कुमार गुरुङ र उद्योग वाणिज्य संघ बजार इकाई प्रतिनिधि माधव न्यौपाने सहितको समिति गठन गरेको हो । फागुन २६ गते भित्र पेश गर्न तनहुँका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, उद्योग वाणिज्य संघ बजार इकाईसँग परामर्श गरि क्षतिको विवरण संकलनको लागि समिति गठन गरेको व्यासनगरपालिका सुचना प्रविधी अधिकृत बिशाल पण्डितले जानकारी दिए । व्यास नगरपालिका वडा नं ४ दमौली बजारमा रहेको भुपाल हार्डवेयर, ज्योति सप्लायर्स पुर्ण रुपमा जलेर नष्ट भएको छ । त्यसैगरी क्या.बलराम राना, होमबहादुर गुरुङ, राममाया गुरुङ, लालबहादुर गुरुङ, चन्द्रमाया वि.क, दिपक श्रेष्ठ, तनहुँसुर मिनि मार्केट लगायतका घर, कोठामा बस्नेहरु र गोदाममा आगलागि भई भएको क्षतिको यथार्थ विवरण संकलनको लागि समिति गठन गरिएको नगरपालिकाले जनाएको छ । उक्त समितिलाई आ आफ्नो क्षेत्रबाट सहयोग पुराउन समेत नगरपालिकाले सम्बन्धित सबैमा हार्दिक अनुरोध गरेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij