Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँमा जीप दुर्घटना हुँदा पाँच जना घाइते 

  • 396
    SHARES
  • 396 Shares
  •                                                                                                            साँकेतिक तस्बीर 

    जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ७ स्याउलीमा बुधबार साँझ जीप दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन् । पोखराबाट स्याङ्जा तर्फ जाँदै गरेको ग १ ज ६५४४ नम्बरको जीप तनहुँको खैरेनीटार भिमाद सडक खण्ड स्थित उक्त स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परि व्यास नगरपालिका–१  निवासी २१ बर्षीय पदम थापा,स्याङ्जा चापाकोट नगरपालिका–६ बस्ने ५४ बर्षीय ईन्द्र कुमारी राना,सोही स्थान निवासी ५४ बर्षीय दान बहादुर राना,सोही स्थान निवासी ३४ बर्षीय शेषबहादुर राना र ६० बर्षीय क्याम बहादुर राना घाइते भएको प्रहरीले जनाएको छ । जिप आफै अनियन्त्रीत भई सडकको बाया तर्फ नालिमा पल्टिन जाँदा उक्त दुर्घटना हुन गएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । घाइतेहरु मध्ये तीन जनको पोखरा र दुई जनाको तनहुँको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

          

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार