Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

नेपाल प्रहरीले भन्यो ः म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी भएको छैन

  • 197
    SHARES
  • 197 Shares
  • काठमाडौं ः  नेपाल प्रहरीले आज एक विज्ञप्ति जारी गरी आगामी स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना प्रकाशित नगरेको  स्पष्ट गरेको छ । ‘स्थानीय तहको निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी  नभएको जनाएको हो । सामाजिक सञ्जालमा म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी भएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित र प्रसारित नगरिएको व्यहोरा जानकारी गराएको हो । प्रहरीले विज्ञप्ति जारी गर्दै आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना नेपाल प्रहरीको वेबसाइटमा र सार्वजनिक संचार माध्यममा भविष्यमा प्रकाशित गरिने जनाइएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार